लायन्स क्लब युनाइटेड चौतारीको पदस्थापन तथा चार्टर नाइट सम्पन्न
पाेखरा | भदौ ७, २०८०
पोखरा: लायन्स क्लब युनाइटेड चौतारीको पदस्थापन तथा चार्टर नाइट कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रीक गभर्नर ला. हरि प्रसाद मरहट्ठाले युनाइटेड चौतारी डिष्ट्रिकमा अब्बल क्लब रहेको र डिष्ट्रिकलाई हाक्न सक्ने क्षमता यस क्बलमा रहेको बताउदै क्लबका सदस्यहरु प्रति आभार ब्यक्त गरे । उक्त कार्यक्रममा PDG धुर्ब ब थापा, 1st VDG ला. धुर्ब श्रेष्ठ, IPDG ला. मिलन थापा, PMCC PDG ला. प्रेम बहादुर श्रेष्ठ, चिफ एड्भाइजर ला. प्रजापति बास्तोला, को चिफ एड्भाइजर ला. कृष्ण प्रसाद शर्मा, रिजन चियर पर्सन ला. सूर्य बराल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
उक्त कार्यक्रममा ला. नरहरी पनेरुले आफ्नो कार्यकालमा भएका सामाजिक कार्यहरु तथा डिष्ट्रिकलाई पु¥याएको योगदानको बारेमा चर्चा गर्दै आफ्नो एक वर्षे कार्यकालमा सहयोग गर्ने साथीहरुलाई सम्मान ब्यक्त गर्दै अवार्ड समेत वितरण गरेका थिए । वर्ष 2023–2024का अध्यक्ष ला। एकनारायण गौतमले हाल सम्म क्लबले गरेका र भावी कार्यक्रमको बारेमा चर्चा गर्दै BSF र NLF तर्फको चेक हस्तान्तरण गरेका थिए ।
लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ जे नेपाल अन्तर्गत रहेको लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीको वर्ष 2022–2023 का अध्यक्ष ला. नरहरी पनेरुको अध्यक्षतामा पहिलो सत्र तथा वर्ष 2023–2024 का क्लब अध्यक्ष ला. एकनारायण गौतमको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक ला. राजु श्रेष्ठ र धन्यवाद मन्तब्य क्लबका संस्थापक अध्यक्ष ला. बालाकृष्ण शर्माले राखेका थिए । डिष्ट्रिक जे अन्तर्गतका डिष्ट्रिक पदाधिकारी तथा सबै क्लबका अध्यक्षहरु सहभागी कार्यक्रमको सञ्चालन वर्ष 2022–2023 का सविच ला। शुसिल थापा र वर्ष 2023–2024 का सचिव ला. इश्वर शर्माले गरेका थिए ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

